आईतवार, जेष्ठ १७,२०८३ 03:28:55
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 03:28:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘ग्रे लिस्ट’ बाट नहटे ‘आर्थिक नाकाबन्दी’ मा पर्ने डर, बजेटले देला त निकास !

Laxmi Sunrise Bank Limited
‘ग्रे लिस्ट’ बाट नहटे ‘आर्थिक नाकाबन्दी’ मा पर्ने डर, बजेटले देला त निकास !
Shivam Cement

–रविन ठकुरी

काठमाण्डौ। सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची ‘ग्रे लिस्ट’ मा फसेको नेपाललाई बाहिर निकाल्न आर्थिक वर्ष २०८३÷८४ को बजेटले काम कारवाहीलाई कार्यान्वयन गर्ने भएको छ ।

अर्थमन्त्री स्वर्णीम बाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर निकाल्नका लागि काम कारवाहीलाई अघि बढाउँदै तोकिएका प्रावधानमा कडाईका साथ काम गर्ने बताएका हुन् । नेपाललाई निर्धारित समय अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कनका लागि तोकिएका प्रावधानमा कडाईका साथ काम पनि भइरहेका छन् ।

अर्थ मन्त्रालयले मन्त्रालयगत प्रगति विवरण, २०८३ मा ‘ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२’ बमोजिमका कार्यहरुलाई कडाईका साथ लागू गरेको जनाइएको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ‘एफएटीएफ’ ले नेपाललाई २०८१ फागुन महिनादेखि ‘ग्रे लिस्ट’ मा राख्यो ।

 

 

Bizshala
New Office
CG Motors

मनी लन्डरिङ(सम्पत्ति शुद्धिकरण) तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने कानूनी, नीतिगत र संरचनागत सुधारहरु पर्याप्त मात्रामा कार्यान्वयन गर्न नसक्दा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा फसेको हो । यसरी मुलुक ‘ग्रे लिस्ट’ मा फस्दा देशको अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र वित्तीय प्रणालीमा बहुआयामिक नकारात्मक असर पर्दछ ।

हाल नेपाललाई चेतावनी दिन र आफूलाई सुधार गर्नका लागि एफएटीएफले ‘ग्रे लिस्ट’ सूचिमा राखेको छ । अझै सुधार नगर्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायले इकनोमिक ब्लक्केड ‘आर्थिक नाकाबन्दी’ नै गर्न सक्छ ।

थप समस्यामा नफस्नका लागि अर्थ मन्त्रालयले यस गम्भिर विषयलाई निक्र्यौल गर्नका लागि काम कारवाहीहरुलाई कडाईका साथ अघि बढाउँदै गएको छ । यसमा प्रगति भइरहेको विषय अर्थ मन्त्रालयले आफ्नो मन्त्रालयगत प्रगति विवरण, २०८३ मा उल्लेख गरेको छ ।

बजेटमा ‘ग्रे लिस्ट’ को व्यहोरा र प्रगति

अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची ‘ग्रे लिस्ट’ बाट नेपाललाई छिट्टै बाहिर निकाल्ने विषय सार्वजनिक गरेका छन् । उनले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नका लागि काम कारवाहीलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।

त्यसैगरि आर्थिक वर्ष २०८२÷८३ को बजेटमा समेत नेपाललाई ‘ग्रे लिस्ट’ सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्न सरकारले महत्वपूर्ण कार्यसूची बनाएको थियो ।

पहिलो सार्वभौम क्रेडिट रेटिङ्गबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पूँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ्ग प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रम अघि बढाउने निर्णय आर्थिक बर्ष २०८२÷८३ को बजेटले गरेको हो ।

२०८२ चैत मसान्तसम्म एफएटीएफ। को ‘ग्रे लिस्ट’ सूचीको काम कारवाहीमा प्रगति भइरहेको अर्थ मन्त्रालयको मन्त्रालयगत प्रगति विवरण, २०८३ मा उल्लेख गरेको छ ।

एफएटीएफले नेपाललाई २०८१ फागुन महिनादेखि ‘ग्रे लिस्ट’ मा राखे पछि तर्जुमा गरिएको ‘ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२’ बमोजिमका कार्यहरु कार्यान्वयन भइरहेको छ ।

सम्पत्ती शुद्धीकरण निवारणका लागि महत्वपूर्ण मानिएको राष्ट्रिय जोखिम मूल्याङ्कन (नेशनल रिस्क एसेसमेन्ट) प्रतिवेदन तयारीको कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेशस्तरमा समेत (फिस्कल रिस्क स्ट्रयाट्रिजी) तर्जुमा सहयोग पु¥याउन ७ वटै प्रदेशमा (फिस्कल रिस्क) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार राष्ट्रिय रणनीति, २०८२–२०८७ तर्जुमा गरी कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखा अन्तर्गत (फिस्कल पोलिसी युनिट) स्थपाना गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

नेपाल ‘ग्रे लिस्ट’ मा किन फस्यो ?

नेपालले मनी लन्डरिङ (सम्पत्ति शुद्धीकरण) तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने कानूनी, नीतिगत र संरचनागत सुधारहरु कार्यान्वयन गर्न नसक्दा अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ मा फसेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन बने पनि गैरकानूनी रुपमा आर्जित सम्पत्तिको अनुसन्धान, अभियोजन र कारवाही गर्ने संयन्त्र प्रभावकारी नबन्नु ‘ग्रे लिस्ट’ मा फस्नुको प्रमुख कारण हो ।

सहकारी र गैरसरकारी संस्थामा हुने अनियमितता तथा आपारदर्शितामाथि पर्याप्त निगरानी र नियन्त्रण हुन नसक्दा पनि मुलुक एफएटीएफको ‘ग्रे लिस्ट’ मा फस्न पुगेको हो ।

रियल स्टेट (जग्गा कारोबार) जस्ता उच्च जोखिम भएका क्षेत्रमा वित्तीय कडाइ र नियमन कमजोर हुनुले ‘ग्रे लिस्ट’ को जोखिममा नेपाल परेको हो ।एफएटीएफ र एसिया प्रशान्त (एपिजी) ले दिएका सुझाव तथा कार्ययोजनाहरु कार्यान्वयन गर्न सरकार र निकायहरु उदासीन बन्दा पनि नेपाल ‘ग्रे लिस्ट’ मा फस्न पुगेको हो ।

‘नेपाल मानव तस्करबाट मुक्त हुन सकेन । करको दायरामा ल्याउन सकेको छैन । भष्ट्राचार यथावत छ । घर जग्गाा कारोबार अण्डर भ्यालुमा भइरहेको छ । भ्याट जारी हुन नसक्दा नेपाल ‘ग्रे लिस्ट’ मा फसेको हो ।’, पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाले बताए ।

‘ग्रे लिस्ट’ मा नेपाल, अब के होला ?

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ मा नेपाल फस्दा अर्थतन्त्र, अन्तराष्ट्रिय व्यापार र वित्तीय प्रणालीमा बहुआयामिक नकारात्मक असर पर्छ ।

अन्तराष्ट्रिय लगानीकर्ताले उच्च जोखिम देखेर नेपालमा लगानी गर्न मान्दैनन् । प्रत्यक्ष वैदेशिक लगानीमा भारी गिरावट आउँदछ । नेपालका बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्ने विदेशी बैंकहरुले अतिरिक्त सतर्कता अपनाउँछन् ।

विदेशी मुद्रामा हुने कारोबारमा ढिला–सुस्ती, कागजी प्रक्रियामा लामो समय लाग्ने र ट्रान्सफर लागत महँगो हुन्छ ।

एलसी खोल्ने र अन्तराष्ट्रिय भुक्तानी प्रक्रियामा कडाइ हुन्छ । अन्ततः नेपालको अन्तराष्ट्रिय व्यापारको लागत र समय बढ्न जान्छ । यसले नेपालको आयात र निर्यात दुबै प्रभावित बनाउँदछ ।

‘एलसीले मान्यता नपाउँदा नगदमा भुक्तानी गर्नुपर्ने अवस्था आउँन सक्छ । मालवस्तुको मूल्य बढ्न जान्छ । औषधी, पेट्रोल जस्ता वस्तुको पैठारीमा समेत असर पर्न जान्छ । जनताले धेरै दुःख पाउँदछ’, पूर्वअर्थसचिव बास्कोटाले भने ।

विदेशबाट नेपाल पैसा पठाउँदा र पाउँदा अनुसन्धान प्रक्रिया कडा हुन्छ । यसले बैदेशिक रोजगारीमा गएका नेपालीले यहाँ पैसा पठाउँदा जटिलताको सामना गर्नु पर्ने हुन्छ । यसले विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा समेत कमी ल्याउन सक्दछ ।

वित्तीय अपराध, भष्ट्राचार र कालोधनलाई स्थान दिएको भन्ने सन्देश अन्तराष्ट्रिय समुदायमा जान्छ । यसले अन्तराष्ट्रिय समुदायमा नेपालको शाख र प्रतिष्ठामा कमी ल्याउँछ ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अन्तर्राष्ट्रिय समुदायले रेड सिग्नलमा राख्दछ । एमवोयु जारी हुँदैन् । वैदेशिक रोजगारीमा गएका ४० लाख नेपाली श्रमिक नेपाल फर्कन्छन् । यहाँ प्रयाप्त रोगजारी नभएसँगै उनीहरु बेरोजगार हुन्छन् । आर्थिक समस्याका कारण अफ्रिकी मुलुकको जस्तो युद्धको सम्भावना बढेर जान्छ’, उनले भने ।

एफएटीएफले हुण्डी जस्ता गैरकानूनी कारोबार रोक्न, सहकारी, क्यासिनो र सुनचाँदी पसलको प्रभावकारी नियमन गर्न र अनुसन्धान क्षमता बढाउन निर्देशन दिएको छ ।

तोकिएको समयभित्र नेपालले आफुलाई सुधार नगरे गम्भीर आर्थिक जोखिम निम्त्याउने ‘कालो सूची’ मा पर्न सक्ने जोखिम छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची ‘कालो सूची’ मा परे अन्तर्राष्ट्रिय समुदायले नेपाललाई ‘इकोनोमिक बल्ककेड’ अर्थात आर्थिक नाकबन्दी नै गर्न सक्दछ । यसले नेपालमा थप आर्थिक समस्या उत्पन्न गर्न सक्दछ ।

थप आर्थिक जोखिमबाट जोगिनका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची ‘ग्रे लिस्ट’ बाट बाहिर आउन पहल गर्नुपर्ने हुन्छ । यसका लागि काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै  कार्यान्वयनमा लैजान पर्दछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.