आईतवार, असार १,२०८२ 11:23:10
  • आईतवार, असार १,२०८२ 11:23:10
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको खुद नाफा र ब्याज आम्दानी वृद्धि, ईपीएस पनि बढ्यो

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकको खुद नाफा र ब्याज आम्दानी वृद्धि, ईपीएस पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ८७ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानी पनि ३.३४ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले ३ अर्ब १३ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ७९ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.६३ प्रतिशतले बढी हो । बैंकको कर्मचारी खर्च १ अर्ब १ करोड र अन्य सञ्चालन खर्च ३३ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७७ करोड ९० लाख रुपैयाँबाट घटेर ७२ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ ९८.४७ प्रतिशतले घट्दै १ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ ।  

त्यस्तै बैंकको रिजर्भको आकार भने ३४.६३ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ प्ुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको खराब कर्जा अनुपातमा सामान्य वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १.९९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.०२ प्रतिशत पुगेको छ । बैंकको निक्षेप संकलन १ खर्ब १० अर्ब र कर्जा प्रवाह ९२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १५.२५ रुपैयाँ रहेको ईपीएस बढेर १६.५० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३.४८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७४०.४९ रुपैयाँ,तरलता अनुपात २३.०६ प्रतिशत,मूल्य आम्दानी अनुपात २०.७९ गुणा र रिर्टन अन इक्विटी ११.५० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.