आईतवार, जेष्ठ ३१,२०८३ 03:51:14
Bizshala
  • आईतवार, जेष्ठ ३१,२०८३ 03:51:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एआई स्टार्टअप एन्थ्रोपिकको सबैभन्दा एड्भान्स्ड एआई मोडल विश्वभर बन्द, यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
एआई स्टार्टअप एन्थ्रोपिकको सबैभन्दा एड्भान्स्ड एआई मोडल विश्वभर बन्द, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । एआई स्टार्टअप एन्थ्रोपिकले आफ्ना सबैभन्दा उन्नत एआई मोडेल ‘क्लाउड फेबल ५’ र ‘मिथोस ५’ को पहुँच विश्वभरका प्रयोगकर्ताका लागि बन्द गरेको छ। कम्पनीले यो निर्णय अमेरिकी सरकारको आदेशपछि लिएको हो, जसमा विदेशी नागरिकहरूलाई यी मोडेलहरू प्रयोग गर्न नदिन निर्देशन दिइएको बताइएको छ।

अब कुनै पनि गैर–अमेरिकी नागरिकले यी मोडेलहरूको प्रयोग गर्न सक्ने छैनन्। अमेरिकी अधिकारीहरूले यस निर्णयको कारण राष्ट्रिय सुरक्षा तथा सम्भावित साइबर आक्रमणको जोखिमलाई बताएका छन्। हार्डवेयर वा चिप्सको सट्टा प्रत्यक्ष रूपमा एआई सफ्टवेयरको प्रयोगमा रोक लगाइएको यो पहिलो घटना मानिएको छ।

Bizshala
New Office
CG Motors

अमेरिकी सरकारले यी अत्याधुनिक एआई मोडेलहरू प्रयोग गरी सुरक्षा संयन्त्रलाई जेलब्रेक गर्न सकिने आशंका व्यक्त गरेको छ । यसरी सुरक्षा नियन्त्रणहरूलाई बाइपास गर्न सफल भएमा, तिनको प्रयोग कम्प्युटर प्रणालीका कमजोरीहरू पत्ता लगाउन, सरकारी डाटा ह्याक गर्न, बैंकिङ प्रणालीमा हस्तक्षेप गर्न वा महत्वपूर्ण पूर्वाधारमाथि ठूलो साइबर आक्रमण गर्न प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

द वाल स्ट्रिट जनरलको एक रिपोर्टअनुसार, अमेजनका अनुसन्धानकर्ताहरूले परीक्षणका क्रममा केही विशेष प्रम्प्टहरूको प्रयोग गरेर एन्थ्रोपिकका मोडेलबाट सफ्टवेयरका केही कमजोरीहरू पत्ता लगाएका थिए। उक्त जानकारी अमेरिकी वाणिज्य विभागलाई उपलब्ध गराइएपछि सरकारले तत्काल कडा कदम चालेको बताइएको छ।

एन्थ्रोपिकले भने सरकारको निर्णय ठूलो गलत बुझाइमा आधारित रहेको दाबी गरेको छ। कम्पनीका अनुसार पत्ता लागेका कमजोरीहरू अत्यन्त सीमित प्रकृतिका थिए र त्यस्ता कमजोरीहरू बजारमा उपलब्ध अन्य सार्वजनिक एआई मोडेलहरूले पनि पहिचान गर्न सक्छन्। त्यसैले विश्वव्यापी रूपमा पहुँच बन्द गर्नु अनुपयुक्त कदम भएको कम्पनीको भनाइ छ।

कम्पनीले मोडेल सार्वजनिक रूपमा उपलब्ध गराउनुअघि अमेरिकी सरकारी निकायहरू तथा एआई सेफ्टी इन्स्टीच्युटसँग हप्तौँसम्म परीक्षण गरिएको थियो, र त्यस क्रममा कुनै गम्भीर सुरक्षा जोखिम फेला परेको थिएन। कम्पनीले अहिले सरकारसँग यी मोडेलहरूको पहुँच यथाशीघ्र पुनःस्थापित गर्न सकियोस् भनेर वार्ता गरिरहेको जनाइएको छ । त्यसबेलासम्म प्रयोगकर्ताहरूले कम्पनीका पुराना एआई मोडेलहरू प्रयोग गर्न सक्नेछन्।

Garima Development Bank
Shivam Cement
Bizshala

एन्थ्रोपिक र ट्रम्प प्रशासनबीच पछिल्ला केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेको बताइएको छ। कम्पनीले अमेरिकी सुरक्षा निकायहरूलाई घरेलु निगरानी तथा पूर्ण रूपमा स्वचालित हतियार प्रणालीमा आफ्ना एआई मोडेलहरूको प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको थियो। त्यसपछि अमेरिकी रक्षा मन्त्रालयले एन्थ्रोपिकलाई ‘सप्लाई–चेन जोखिम’ सूचीमा समावेश गरेको बताइएको छ।

यो विवाद त्यस्तो समयमा चर्किएको छ, जब कम्पनी सेयर बजारमा आफ्नो आईपीओ ल्याउने तयारीमा छ। यससँगै कम्पनीको सम्भावित बजार मूल्य करिब १ ट्रिलियन अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.