बुधबार, असार १०,२०८३ 11:31:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:31:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायको पदपूर्तिका लागि दरखास्त आह्वान

Laxmi Sunrise Bank Limited
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायको पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डको रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् ,नेपाल मेडिकल काउन्सिल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका विभिन्न नेतृत्व तहका पदहरूमा आवेदन माग गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सूचना अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य तथा सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारका पदमा आवेदन खुलाइएको छ। त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि पनि आवेदन आह्वान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि समेत आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिने समयसीमा १० दिनको रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.