आईतवार, श्रावण ३,२०८३ 06:42:34
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 06:42:34
Bizshala
Global IME Bank Limited

विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले भोलि राति हुने विश्वकपको बहुप्रतीक्षित फाइनल खेल एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएका हुन्।

यससँगै नेपाली दर्शकले विश्व फुटबलको सर्वोच्च उपाधिका लागि हुने निर्णायक खेल कुनै अतिरिक्त शुल्क नतिरी एनटीभी प्लसमार्फत हेर्न पाउनेछन्।

विश्वकपको फाइनलप्रति नेपाली फुटबलप्रेमीको उच्च चासो रहेको अवस्थामा सरकारी टेलिभिजनबाट निःशुल्क प्रसारण हुने घोषणाले ठूलो संख्यामा दर्शक लाभान्वित हुने अपेक्षा गरिएको छ।

फिफाको तेश्रो स्थानका लागि भएको फ्रान्स र इंगल्याण्डबीचको खेल समेत एनटिभी प्लसमा निःशुल्क प्रसारण गरिएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.