सोमबार, जेष्ठ ४,२०८३ 03:52:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:52:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय

Laxmi Sunrise Bank Limited
कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय
Shivam Cement

काठमाण्डौ । मानिसहरु नयाँ कारको विशेष ख्याल राख्ने गर्छन्। तर, जब कार पुरानो हुन्छ तब कारको रेखदेख र हेरचाह गर्ने उत्साहमा कमी आउने गर्छ। जुन कुरा गलत हो।  

तपाइँले आफ्नो लाखौँ मूल्य परेको गाडीलाई यसरी नजरअन्दाज गर्नुहुँदैन र लामो समयसम्म त्यसको ख्याल राख्नुुपर्छ। यदि तपाइँले आफ्नो कारको फिटनेसको ख्याल राख्नुहुन्छ भने तपाइँ कारको मर्मतसम्भारको खर्चबाट बच्न सक्नुहुन्छ। यहाँ केही यस्ता टिप्सहरुका बारेमा चर्चा गरिएका छन्, जसले तपाइँलाई आफ्नो कारलाई लामो समयसम्म फिट राख्न सहयोग गर्नेछ।  

ओरिजिनल सामानमात्रै प्रयोग गर्नुहोस्  

जब तपाइँ कार खरिद गर्नुहुन्छ तब त्यसको केही सर्भिसेस कम्पनीद्वारा निःशुल्क गरिन्छ। जसले गर्दा लेबर कस्ट लाग्दैन। तर, यदि तपाइँ आफ्नो कारलाई सधैँ नै नयाँजस्तो बनाइरहन चाहनुहुन्छ भने आफ्नो कारमा सधैँ ओरिजिनल सामान वा पार्टहरुमात्रै प्रयोग गर्नुपर्छ। कारमा इन्जिन आयलदेखि लिएर अन्य सबै पार्टहरु ओरिजिनलमात्रै प्रयोग गर्नमा जोड दिनुपर्छ। यदि तपाइँ कारमा सस्तो इन्जिन आयल वा नक्कली पार्टस् प्रयोग गर्ने चक्करमा लाग्नुहुन्छ भने तपाइँको कारको खर्च बढ्न सक्छ।  

नयाँ कारको बडीको दिनुहोस् ध्यान

नयाँ कारको सुरक्षाका लागि हामी सुरु–सुरुमा त्यसलाई कपडाले छोप्ने गर्छौं र बडीलाई चम्काउने गछौँ। तर, केही समयपछि हामी सेलाउँछौँ। अर्थात हाम्रो जागरमा कमी आउँछ। कारलाई नछोपी राख्दा वर्षाको पानीले कारमा खिया लाग्ने खतरा बढ्ने गर्छ। त्यसैले कारलाई समय–समयमा वास गर्नुपर्छ। यसका साथै कारको बाहिरी विन्ड शिल्डको पनि ख्याल राख्नुपर्छ। यसलाई सुरक्षित माइक्रो फाइबर कपडाबाट सफा गर्नुपर्छ। ताकि तपाइँको कार वर्षौं–वर्षसम्म सधैँ चम्किरहोस्।  

Bizshala
New Office
CG Motors

क्लचमा नपार्नुहोस् धेरै दबाब

यदि तपाइँ प्रकृतिको मज्जा लिन शौखिन हुनुहुन्छ र आफ्नो नयाँ कारलाई कुनै यस्तो पहाडी क्षेत्रमा ड्राइभ गर्दैहुनुहुन्छ भने तपाइँले के जान्न आवश्यक हुन्छ भने कारको गति सीमित राख्नुपर्छ र पटक–पटक क्लचको प्रयोग नगुर्नहोस्। कयौँपटक मानिसहरु कारलाई उकालोमा चढाउने बेला क्लच दबाएर चलाउँछन्। जुन गलत तरिका हो। यसबाट क्लचमा दबाब पर्ने गर्दछ र बिग्रने सम्भावना बढ्छ। पहाडी क्षेत्रमा मात्रै नभई कयौँ मानिसहरुमा क्लचमा खुट्टा राखेर कार चलाउने बानी नै परेको हुन्छ। यसबाट नयाँ कारको क्लच प्लेट चाँडै बिग्रन सक्छ र कारको इन्जिनमा दबाब पर्न सक्छ।  

खराब बाटोबाट बच्नुहोस्  

कारलाई कयौँपटक यस्तो स्थानमा लानुपर्ने हुन्छ, जहाँको बाटो बिग्रिएको हुन्छ। यस्तो बाटोमा कार चलाउँदा पूरै कारमा असर पर्छ। सस्पेन्सनदेखि लिएर इन्जिन समेतलाई कार तान्न बढी क्षमता लगाउनु पर्ने हुन्छ। यसका साथै खाल्डाखुल्डी भएका रोडहरुका कारण कारको तल्लो भागमा कुनै ढंगा वा अन्य भारी वस्तु कारको तल ठोकिदा कारको साइलेन्सर फुट्न सक्छ या त अलाइनमेन्ट बिग्रन सक्छ।  

यस्तै कारको टायरमा समेत अतिरिक्त दबाव पर्छ। त्यसैले यस्तो ठाउँहरुमा कार लान बच्नुपर्छ। जसका कारण तपाइँको कार लामो समयसम्म फिट रहोस्। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.