बुधबार, श्रावण ६,२०८३ 04:51:13
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:51:13
Bizshala
Global IME Bank Limited

मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गरौ: प्रचण्ड

मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गरौ: प्रचण्ड
New Office

 

काठमाण्डौ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टी संगठन सुदृढ बनाउनुपर्ने बताएका छन्।

जनकपुरधाममा आयोजित नेकपा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै उनले मधेशको राजनीतिक संगठनलाई पार्टीले विशेष प्राथमिकतामा राखेको बताए।

मधेश प्रदेश जनसंख्या, विकासको सम्भावना र राजनीतिक प्रभावका दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले संगठन विस्तार, जनसम्पर्क वृद्धि र कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाइने जानकारी दिए।

प्रचण्डले मधेशमा पार्टीलाई बलियो बनाउन सके पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि सशक्त राजनीतिक शक्ति निर्माण गर्न सकिने बताए। संगठन कमजोर भए देश र कम्युनिस्ट आन्दोलनले क्षति बेहोर्न सक्ने उनको भनाइ थियो।

‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि बलियो शक्ति निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘पार्टी संगठन सुदृढ बनाउन नसकिए देश र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना सामना गर्नुपर्ने खतरा देखिन्छ।’

कार्यक्रममा प्रचण्डले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए।

उनले पार्टीका नेता तथा कार्यकर्तासँग विभिन्न चरणमा भएको अन्तरक्रियाबाट प्राप्त सुझावलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.