सोमबार, असार २,२०८२ 05:39:38
  • सोमबार, असार २,२०८२ 05:39:38
Global IME Bank Limited

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

Hyundai Nepal
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रबि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

सानिमा बैंकको देशका सातै प्रदेशमा१३३कार्यालय र १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.