सोमबार, असार २,२०८२ 09:25:02
  • सोमबार, असार २,२०८२ 09:25:02
Global IME Bank Limited

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

Hyundai Nepal
मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
Nabil Bank Limited

काठमाण्डौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । 

गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन दिएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रीको निर्देशन पछि सबै कानूनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुसार ब्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानूनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानविनबाट प्राप्त र ब्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो ।  

पोखरा वडा नं १ मा पिएन क्याम्पससँग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा,  कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.