बुधबार, असार ४,२०८२ 05:30:12
  • बुधबार, असार ४,२०८२ 05:30:12
Global IME Bank Limited

सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति

Hyundai Nepal
सरकार र व्यवसायीबीच होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति
Nabil Bank Limited

काठमाण्डौ । सरकार र व्यवसायीबीच होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति भएको छ । उद्योगमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका समयमा होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको हो ।

उक्त सहमतिमा उद्योगमन्त्री भण्डारी, उद्योग सचिव र वाणिज्य विभागका महानिर्देशकले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने भएको छ । यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीमा अनुगमन गरी ३ लाख जरिवाना तिराएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त रेष्टुरेन्टलाई पानीको मूल्य बढी लिएको आरोपमा जरिवाना तिराइएको थियो । यो घटनापश्चात त्यसपछि रेष्टुरेन्ट व्यवसायीहरु मन्त्रीसमक्ष गुनासो लिएर गएका थिए । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने सहमति भएको छ । 

यस्तै होटल तथा रिसोर्टले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखी बिक्री वितरण गर्न सक्ने सहमति समेत भएको छ । पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकाले यस्तो सहमति भएको जनाइएको छ ।

 यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिम्बु थकालाीलाई पानीको मूल्य बढी लिएको भन्दै ३ लाख जरिवाना तिराएको थियो । उक्त घटनापश्चात रेष्टुरेन्ट व्यवसायीहरु अनसुगमनसम्बन्धी गुनासो मन्त्री कहाँ पुगेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.