बुधबार, असार ४,२०८२ 05:30:13
  • बुधबार, असार ४,२०८२ 05:30:13
Global IME Bank Limited

आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना

Hyundai Nepal
आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको छ । विभागले उक्त कम्पनीमा छापा मार्दै उक्त रकमबराबरको जरिवाना तिराएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छापा मार्ने क्रममा भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएको थियो । अनुगमनका क्रममा तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गर्ने गरेको जस्ता क्रियाकलाप भेटिएको विभागले जनाएको छ ।  

यस्तै विभागले मंगलबार जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । उक्त रेष्टुरेन्टमा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएको थियो । 

जसपश्चात कारवाही स्वरुप विभागले उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ नगद जरिवाना तिराएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.