बुधबार, असार ४,२०८२ 05:40:07
  • बुधबार, असार ४,२०८२ 05:40:07
Global IME Bank Limited

अमेरिका जाने डिभी फर्म आजदेखि खुल्दै, के–के चाहिन्छ डकुमेन्ट ?

Hyundai Nepal
अमेरिका जाने डिभी फर्म आजदेखि खुल्दै, के–के चाहिन्छ डकुमेन्ट ?
Nabil Bank Limited

काठमाण्डौं । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी) अक्टोबर २, अर्थात् आज राति ९ः४५ (नेपाली समय)बजे खुल्दैछ ।  

नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आज राति पौने १० बजेदेखि डिभी भर्न सकिने जनाएको हो । डिभी नोभेम्बर, ५ २०२४ अर्थात् नेपाली मिति कात्तिक २० गते राति १०ः४५ बजेसम्म भर्न सकिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दूतावासका अनुसार डिभीका लागि आवेदन दिदा नाम, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्नेछ । साथै डिभी फर्म भर्दा बुझाउने वा पेश गर्ने फोटो भने ६ महिनायताको वा हालसालै खिचिएको फोटो मात्रै स्वीकारयोग्य हुने दूतावासले जनाएको छ ।  

यस वर्षको खुला गरिएको सिजनलाई २०२५ नभनी ‘डाइभर्सिटी भिजा प्रोग्राम २०२६’ भनिएको छ । यो सिजनमा छानिएका व्यक्तिहरुले सेप्टेम्बर ३०, २०२६ सम्ममा आफ्नो आप्रवासी भिसाको लागि आवेदन दिने र प्राप्त गर्नुपर्ने भएकाले डिभी प्रोग्राम २०२६ भनिएको अमेरिकी दूतावासले जनाएको छ ।  

दुतावासका अनुसार डिभी फर्म भर्दा कुनै पनि शुल्क लाग्ने छैन । इच्छुक आवेदकले https://dvprogram.state.gov/वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.