मंगलवार, असार ३,२०८२ 07:58:05
  • मंगलवार, असार ३,२०८२ 07:58:05
Global IME Bank Limited

भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ

Hyundai Nepal
भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट सपथ
Nabil Bank Limited

काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान),उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् ।  

उक्त कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउदैं भूमि समस्यालाई दिर्घकालिन रुपमा समाधानका लागि शुभकामनासहित निर्देशन दिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजालले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारपुर्वक पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रचलित ऐन कानूनको जगमा टेकेर संस्थागत सुशासन कायम गर्दै अबको ६ महिनाभित्र १ लाखभन्दा बढि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजनासहित कार्य गर्ने योजना रहेको बताए । आयोगलाई थप ब्यस्थित र क्रियाशिल बनाई तोकिएको समयावधि भित्रै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए ।  

मङ्गलवार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त आयोगमा विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिल कृष्ण प्रसाई र तनहुँका आरती भण्डारी रहेका छन् ।  

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.