मंगलवार, असार ३,२०८२ 07:32:46
  • मंगलवार, असार ३,२०८२ 07:32:46
Global IME Bank Limited

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने

Hyundai Nepal
आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।  

पहिलो दिन अर्थात कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ । यस्तै अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइन्छ ।  

यस दिन नदी, तलाउ र जलाशयमा पूजा गर्नेको भिडभाड हुने गर्छ ।  

आज छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशभरका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।  

आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से( पनि बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.