शनिबार, जेष्ठ २,२०८३ 02:53:41
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:53:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)

Laxmi Sunrise Bank Limited
एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)
Shivam Cement

काठमाण्डौ । मंसिरको जाडो । काठमाण्डौ भर्खरै मात्र ब्यूँझिएको थियो । लाजिम्पाटको सडकमा सेतो टिसर्टधारीहरु बढ्दै थिए । अरुबेला आ–आफ्नै घर डेरा पायक क्षेत्रमा दौडिने स्वस्थ जीवनशैलीका हिमायतीहरु शनिवार बिहान भने दौडिएरै निकै आकर्षक नगद राशिसहितको पुरस्कार जित्ने अभिलाषासहित लाजिम्पाटको सडकमा भेला भएका थिए । व्यवसायिक धावकदेखि प्रभातकालीन समयमा स्वस्थ जीवनशैली पछ्याउनेहरु समेत उत्सुकतापूर्वक त्यहाँ पुगेका थिए ।  

शनिवार बिहानै यस्तो अवसर जुटाइदिएको थियो गरिमा विकास बैंकले । वित्तीय सूचकहरुमा पछिल्लो समय निकै राम्रो प्रगति गर्दै आफ्नो समूहमा अब्बल बन्दै गएको यो विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा पृथक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको नाम राखिएको थियो: 'गरिमा रोड रेस' । 

Bizshala
New Office
CG Motors

प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष १० किलोमिटर तथा कर्पोरेटतर्फ महिला र पुरुष ५ किलोमिटर दूरीको गरी कुल ४ वटा रोड रेस आयोजना गरिएको थियो । यी चारैवटा प्रतियोगितामा ७०० भन्दा बढीको सहभागिता थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वार्षिकोत्सवमा यति धेरै धावकहरुलाई भेला पारी एकाबिहानै काठमाण्डौलाई दौडाउने उद्देश्यले कार्यक्रम आयोजना गर्नु आफैंमा पृथक अभ्यास थियो ।

गरिमाले प्रत्येक वर्षको आफ्नो वार्षिकोत्सवलाई विशेष बनाउने उद्देश्यले रोड रेस प्रतियोगितालाई ‘सिग्नेचर प्रोग्राम’को रुपमा विकास गर्ने उद्घोष गर्दै शनिवार यो कार्यक्रम आयोजना गरेको थियो ।  

गरिमा रोड रेसमा दौडिन विदेशी नागरिकहरु पनि कार्यक्रमस्थल पुगेका थिए । 

गरिमाको यो कार्यक्रम विजेताहरुका लागि राखिएको आकर्षक नगद पुरस्कारका कारण समेत चर्चायोग्य बनेको धावकहरुले बताए । उनीहरुका अनुसार कर्पोरेट सेक्टर वा कुनै बैंक तथा वित्तीय संस्था विशेषले रेस राखेर प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा पर्न सफलहरुलाई क्रमशः रु. ७५०००, ६००००, ४५०००, ३०००० र १५००० नगदसहित पुरस्कृत गरेको यो निकै दुर्लभ घटना हो ।  

बिहानै दौडिएर ७५ हजार रुपैयाँसम्मको नगद जित्ने अवसर सिर्जना हुनु नै एउटा फरक र उत्साहजनक प्रयास रहेको कार्यक्रमका प्रमुख अतिथि तथा किर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरले बताए । ‘गरिमाको यो प्रयास यसकारण पनि प्रशंसनीय छ कि यसले दौडिनेहरुलाई प्रोत्साहित गरेको छ । दौडिएर करिअर बनाउँछु भन्नेहरुलाई समेत प्रोत्साहन मिलेको छ।’ कार्यक्रमस्थलमा बिजशालासँग कुरा गर्दै मानन्धरले भने–‘यस्ता प्रतियोगिताले स्वस्थ जीवनशैलीका लागि दौडिनु कति महत्वपूर्ण छ भन्ने सन्देश पनि दिन्छ । समग्रमा समाजमा दौडिने निकै राम्रो संस्कारको विकास गर्छ ।’ 

Garima Development Bank
Shivam Cement
IME remit
कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सीईओ माधव उपाध्याय, साथमा डिसीईओ अनिल रेग्मी । 

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्यायले समाजमा खेलकूदप्रति सकारात्मक धारणा विकास गर्ने तथा स्वस्थ जीवनशैलीप्रति जागरण गराउने उद्देश्यले बैंकले रोड रेसको सुरुवात गरेको सो क्रममा बताए । उनले यो कार्यक्रम प्रत्येक वर्ष बैंकको वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने र प्रत्येक वर्ष यसलाई थप परिस्कृत, भव्य बनाउँदै लगिने समेत घोषणा गरे ।  

बैंकले वार्षिकोत्सवकै अवसर पारी शुक्रबार देशका विभिन्न ७ स्थानमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा एकैदिन ५६२ युनिट रगत संकलन भएको थियो । यस्तै, सोही अवसरमा विभिन्न शाखाहरुले सामाजिक उत्तरदायीत्व निर्वाहका लागि विभिन्न परोपकारी तथा सामाजिक कार्यक्रमहरु समेत गरेका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.