सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था, अनलाइनबाटै प्रवेश पास लिन सकिने
काठमाण्डौ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था गरेको छ । यसअघि सिंहदरवार प्रवेशका लागि झन्झट तथा भनसुन गर्नु नपर्ने अवस्था रहेकोमा अब भने अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने भएको छ । सर्वसाधारणका लागि सिंहदरवार प्रवेश गर्न सहज बनाउने उदेश्यले क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । सिंहदरवार प्रवेश...

