अमेरिका–इरान वार्ता अन्तिम चरणमा, छिट्टै सम्झौताको सम्भावना
काठमाण्डौ । लामो समयदेखि सैन्य तनाव र प्रत्यक्ष भिडन्तमा रहेका अमेरिका र इरानबीच सम्बन्ध सुधार तथा युद्ध अन्त्यतर्फ महत्वपूर्ण कूटनीतिक प्रगति भएको संकेत देखिएको छ। दुवै पक्षका उच्च अधिकारीहरूले वार्ता सकारात्मक चरणमा पुगेको जनाउँदै निकट भविष्यमा औपचारिक समझदारी सार्वजनिक हुन सक्ने बताएका छन्।

