शनिबार, जेष्ठ ३०,२०८३ 10:00:14
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 10:00:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, छिट्टै सम्झौताको सम्भावना

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, छिट्टै सम्झौताको सम्भावना
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि सैन्य तनाव र प्रत्यक्ष भिडन्तमा रहेका अमेरिका र इरानबीच सम्बन्ध सुधार तथा युद्ध अन्त्यतर्फ महत्वपूर्ण कूटनीतिक प्रगति भएको संकेत देखिएको छ।  

दुवै पक्षका उच्च अधिकारीहरूले वार्ता सकारात्मक चरणमा पुगेको जनाउँदै निकट भविष्यमा औपचारिक समझदारी सार्वजनिक हुन सक्ने बताएका छन्।

Bizshala
New Office
CG Motors

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वार्ताको केन्द्रमा युद्धविरामलाई स्थायित्व दिने, रणनीतिक महत्वको हर्मोज जलसन्धिमा निर्बाध आवागमन सुनिश्चित गर्ने तथा क्षेत्रीय तनाव न्यूनीकरण गर्ने विषयहरू रहेका छन्।  

कूटनीतिक स्रोतहरूले सम्झौताका अधिकांश बुँदामा सहमति जुटिसकेको दाबी गरेका छन्।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने बताएका छन्।  

उनले वार्ताको वातावरण सकारात्मक रहेको र बाँकी विषयहरू पनि समाधानउन्मुख रहेको उल्लेख गरेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको तनाव समाधानतर्फ उल्लेखनीय प्रगति भएको दाबी गरेका थिए।  

उनका अनुसार वार्ताले सकारात्मक दिशा लिएपछि केही योजनाबद्ध सैन्य कदमहरू स्थगित गरिएको छ।

विश्लेषकहरूका अनुसार सम्भावित सम्झौताले मध्यपूर्वको सुरक्षा अवस्थामात्र होइन, विश्व ऊर्जा बजारमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ।  

Garima Development Bank
Shivam Cement
Bizshala

विशेषगरी विश्वको ठूलो परिमाणको तेल आपूर्ति हुने हर्मोज जलसन्धि पुनः पूर्ण रूपमा सञ्चालनमा आए ऊर्जा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

वार्ताका मुख्य एजेन्डामध्ये इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध, समुद्री मार्गको सुरक्षा तथा क्षेत्रीय सशस्त्र समूहसँगको सम्बन्धलाई समेटिएको बताइएको छ।  

अमेरिकी पक्षले कुनै पनि आर्थिक सुविधा प्रतिबद्धता कार्यान्वयनसँग जोडिने संकेत दिएको छ भने इरानले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकतामा सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ।

यता सम्भावित सहमतिप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासोपूर्वक निगरानी गरिरहेको छ।  

विशेषगरी मध्यपूर्वमा स्थायित्व, ऊर्जा सुरक्षा र क्षेत्रीय शक्ति सन्तुलनका दृष्टिले यो वार्तालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अधिकांश विषयमा समझदारी नजिक पुगेको स्वीकार गर्दै अन्तिम निर्णय आन्तरिक परामर्श र कूटनीतिक प्रक्रियाको निष्कर्षमा निर्भर रहने बताएका छन्।  

दुवै देशले सकारात्मक संकेत दिए पनि औपचारिक हस्ताक्षर नभएसम्म अन्तिम परिणामबारे प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.