एपेक्स मकालु हाईड्रोपावरले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । एपेक्स मकालु हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।