सचेत गराउँदैमा सीईओको जागिर जाने व्यवस्था सच्याउन बैंकरको माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सामान्य रूपमा सचेत गराएको वा नसियत दिएको आधारमै पदमुक्त तथा अयोग्य ठहर गर्न सकिने प्रस्तावित कानुनी व्यवस्था सच्याउन बैंकरहरूले माग गरेका छन्।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आइतबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि भएको छलफलमा सहभागी बैंकरहरूले कसुरको प्रकृति र...

