एटीएम कार्डबाट अब दिनमा रु.५० हजार मात्रै निकाल्न मिल्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम)बाट झिक्न सकिने रकमको सीमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो ।संशोधित निर्देशिका बमोजिम अब जुनसुकै बैंकको एटीएम कार्ड (डेबिट कार्ड)बाट प्रतिदिन ५० हजार रुपैयाँ अर्थात् प्रतिमहिना ३ लाख...