विश्व बजारको असर भारतीय शेयर बजारमा, सेन्सेक्स ८ सय ७७ अंकसम्म घट्यो
काठमाण्डौ । अमेरिकी तथा एशियाली शेयर बजारमा देखिएको तीव्र गिरावटको प्रभाव भारतीय शेयर बजारमा पनि परेको छ। मंगलबार कारोबार शुरुभएदेखि नै लगानीकर्ताबीच बेचबिखनको दबाब बढ्दा बीएसई सेन्सेक्स करिब ८७७ अंकले ओरालो लागेको छ भने एनएसई निफ्टी–५० सूचक २८२ अंकले घटेर २३ हजार ९०० अंकभन्दा तल झरेको छ।

