काठमाण्डौमा साउन १ गतेदेखि महिलाका लागि ‘ब्लू बस’ सेवा सञ्चालनमा आउने
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आगामी साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ ।सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

