भारतमा सञ्चालित बोइङ ७८७ का सबै विमान निरीक्षण गर्न निर्देशन
काठमाण्डौ । भारतीय उड्ययन नियामकले भारतमा सञ्चालित बोइङ ७८७एस का सबै विमानहरुको परीक्षण गर्न निर्देशन दिएको छ । हालै एयर इण्डियाको विमान दुर्घटनामा २७० जनाको मृत्यु भएसँगै भारतीय उड्ययनमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । गत शुक्रबार भारतीय उड्ययन नियामकले एयर इण्डियालाई बोइङ ७८७–८÷९ विमानको अतिरिक्त मेन्टेनेन्स चेक गर्न निर्देशन दिएको थियो ।