दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा
काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षासँगै भासिएको सडक मर्मतपश्चात आज साढे १२ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । यससँगै बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग...