काठमाण्डौ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब ६ बजेदेखि यो सडक पूर्णरुपमा सडक अवरुद्ध भएको हो । करिब ३४ फिट जति सडक भासिएकाले दुईतर्फी बन्द भएकाले उक्त बाटो प्रयोग गर्ने सम्पूर्ण सवारी साधन र आम सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न जिप्रका नवलपरासी पश्चिमले आग्रह गरेको छ ।
मर्मतका कार्य जारी रहेकाले आज दिउँसोसम्ममा यो सडक सञ्चालनमा आउने जनाइएको छ ।