काठमाण्डौ । नेको इन्सुरेन्सले आफ्ना बीमित तथा दाबीकर्ताहरूलाई बीमादाबी सम्बन्धी आवश्यक कागजात समयमै पेश गर्न आग्रह गरेको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै २०८२ चैत्र मसान्तसम्म परेका बीमादाबीका लागि आवश्यक कागजात अझै पेश नभएको जनाएको हो।
कम्पनीका अनुसार बीमादाबीको अन्तिम मूल्याङ्कन तथा फछ्यौटका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बुझाउन अनुरोध गरिएको छ।
कम्पनीले तोकिएको अवधिभित्र आवश्यक कागजात प्राप्त नभएमा सम्बन्धित दाबी फाइल बन्द गरिने स्पष्ट पारेको छ।

