बुधबार, जेष्ठ ६,२०८३ 09:34:37
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 09:34:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा हुने मौसम महाशाखाको अनुमान

Laxmi Sunrise Bank Limited
कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा हुने मौसम महाशाखाको अनुमान
Shivam Cement

काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बुधबार बिहान देशका धेरै प्रदेशमा आंशिकदेखि सामान्य बादल देखिएको छ भने केही पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ ।

Bizshala
New Office
CG Motors

गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भागमा आंशिक बादल देखिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसोको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ ।

बाँकी भू-भागमा आंशिक बादल र तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना देखिएको छ ।

रातिको मौसम पनि बदलिँदो रहनेछ । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ ।

तराई भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैबीच काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि धुम्म बनेको छ ।

मौसमविद्हरूका अनुसार बागमती र गण्डकी प्रदेशबीच विकसित भएको मौसमी प्रणालीका कारण उपत्यकामा बदली भएको हो ।

मौसमविद् अनुसार दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने दिउँसोपछि क्रमशः मौसम केही खुल्दै घाम देखिने अनुमान गरिएको छ ।

मौसमविद्हरूका अनुसार २४ घण्टाको वर्षा परिमाणअनुसार १० मिलिमिटरभन्दा कमलाई हल्का, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १०० मिलिमिटरलाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ ।

त्यस्तै, भू–भागका आधारमा १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने अवस्थालाई ‘एक–दुई स्थान’, १०–३० प्रतिशतलाई ‘थोरै स्थान’, ३०–५० प्रतिशतलाई ‘केही स्थान’, ५०–८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढीलाई ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना भनेर बुझिन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X