काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । गत वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोपाप्रधा विधिबाट हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

