काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सत्यदेव राउतको कार्यकाल समाप्त भएको छ । राउतको कार्यकाल जेठ ५ गतेदेखि सकिएको हो ।
राउतलाई विसं २०७९ साल जेठ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जेठ ६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको थियो । सीईओको रुपमा उनको त्यो दोस्रो कार्यकाल थियो ।

