मिथिला लघुवित्तको नाफा ३९.६४% ले बढ्यो, इपीएस र लाभांश क्षमता कति ?
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड भन्दा बढी नाफा कमाएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३९.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

