राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबारमा आउने
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१ हजार दरका कुल २५ लाख कित्ता भएको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ सूचीकृत भएको हो ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।