पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’
काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासअगाडि मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई अमेरिका भागेको आरोप लगाएको भोलिपल्ट खड्काले सरकारको दाबीलाई खण्डन गर्दै आफू कतै नभागेको र सरकारसँग नडराउने स्पष्ट पारे।