काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हल्ला मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताए । उनले यसअअघि पनि बेलाबखत विद्युत् जाने गरेको बताए । ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला–ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ ,’उनले भने ।
यस्तै उनले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने कार्य भईरहेको गुनासो समेत गरे । लोडसेडिङ भएको गलत प्रचार गर्दै विदेशबाट बारम्बार फोन आउँने गरेको उनले बताए ।
‘उनले कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको दाबी गरे । यस्तै उनले उद्योगधन्दाहरूमा पर्याप्त बिजुली दिएको समेत दाबी गरे ।