सुनको भाउ आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ बढेको छ । आइतबारको कारोबारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा भईरहेको छ ।

