काठमाण्डौ । आज झण्डै ४ अर्बको सेयर कारोबार भएको बजारमा शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद माग भएको छ ।
जसमा श्रीकृष्ण सेक्युरिटिज, ओपल सेक्युरिटिज, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, रोडसो सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने टप १० ब्रोकरमध्ये भने ४ वटाबाट उच्च बिक्री भएको छ । जसमा जेबीएनएल सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र एप्पल सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने बोकरमा जेबीएनएल सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ९५ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा ९९.८० प्रतिशत अर्थात् ९५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने जम्मा ०.२० अर्थात् १८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।


