काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । असार ११ गते बसेको संस्थाको सञ्चालक समितिको २६९ औं बैठकले शर्मालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि नै लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ । शर्माको कार्यकाल ४ वर्षको हुनेछ ।

