सुन हालसम्मकै महङ्गो, एक तोलाको कति पुग्यो ?
काठमाण्डौ । सुनको मूल्य हालसम्मकैृ उच्च कायम भएको छ । अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै आजपनि सुनको मूल्यले नयाँ उचाई चुमेको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

