मंगलवार, असार १६,२०८३ 02:20:37
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:20:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१ प्रतिशत अतिरिक्त कर होइन, अफ-मार्केट कारोबारको शुल्क मात्रै हो : हरि ढकाल

Laxmi Sunrise Bank Limited
१ प्रतिशत अतिरिक्त कर होइन, अफ-मार्केट कारोबारको शुल्क मात्रै हो : हरि ढकाल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, सहमहामन्त्री तथा पूँजीबजारका पुराना लगानीकर्ता हरि ढकालले सेयर बजारमा '१ प्रतिशत अतिरिक्त कर' लगाइएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दोस्रो बजार (Secondary Market) मा TMS/NEPSE मार्फत हुने नियमित सेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत कर वा शुल्क नलाग्ने स्पष्ट पारेका हुन्।

New Office
CG Motors
Garima Development Bank

ढकालका अनुसार अहिले पनि नियमित कारोबारमा लाग्ने कर भनेको पूँजीगत लाभकर (Capital Gains Tax-CGT) मात्रै हो, जुन दीर्घकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशतकै दरमा कायम रहेको छ।

उनले धेरै लगानीकर्ताले १ प्रतिशत शुल्कबारे गलत बुझाइ राखेकाले तथ्य स्पष्ट पार्न आवश्यक भएको बताए।

ढकालका अनुसार १ प्रतिशत शुल्क दैनिक किनबेच (On-Market Trading) मा होइन, २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका निश्चित प्रकृतिका अफ–मार्केट (Off-Market) सेयर हस्तान्तरण मा मात्र लागू हुने व्यवस्था हो।

यस्तो शुल्क कम्पनीमार्फत हुने प्रत्यक्ष नामसारी, बकसपत्र, मृत्यु पश्चात् उत्तराधिकारीको नाममा हुने सेयर हस्तान्तरण तथा कम्पनीभित्र हुने निश्चित प्रकृतिका ठूलो सेयर स्थानान्तरणमा मात्र लाग्ने उनको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले TMS मार्फत हुने नियमित कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क र पूँजीगत लाभकर बाहेक कुनै नयाँ १ प्रतिशत शुल्क थपिएको भन्ने दाबी गलत रहेको बताए।

ढकालले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना भएको उल्लेख गर्दै आधिकारिक जानकारीका आधारमा मात्रै निष्कर्ष निकाल्न आग्रह गरेका छन्।

उनले लगानीकर्तालाई अफवाहभन्दा तथ्यमा विश्वास गर्दै संयमित ढंगले कारोबार गर्न समेत अपिल गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.