पाँचौ प्रयासमा पनि नेप्सेले २७०० को विन्दूलाई ब्रेक गरेन, तीन महिनादेखि नयाँ लगानीकर्ता पनि आएनन् !
काठमाण्डौ । चैत्रको पहिलो साता २७ सयबाट तल खसको बजारले त्यसपछिको तीन महिनाको अवधिमा लगातार ५ औं प्रयासमा पनि २७ सयको बिन्दुलाई ब्रेक गरेर माथि जान सकेको छैन । चैत र बैशाख महिनामा मात्रै बजारले डबल टप बनाएर तल खस्यो । त्यसपछि जेठ महिनामा पनि बजारले ट्रिपल टप बनायो । तर २७ सयलाई ब्रेक नै गरेर माथि जान सकेन । यो बिचमा बजारको कारोबार भने सन्तोषजनक नै रहेको देखिन्छ ।