शनिबार, जेष्ठ २,२०८३ 09:39:18
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:39:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा लाग्यो दोश्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

Laxmi Sunrise Bank Limited
नेप्सेमा लाग्यो दोश्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा पहिरो गएको छ ।  

जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । फलस्वरुप, कारोबार सुरु भएको एकमिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाएर कारोबार २० मिनेटका लागि स्थगन गर्नुपरेको थियो । 

Bizshala
New Office
CG Motors

त्यसपछि पनि पुनः खुलाइएको बजारमा पहिरो जाने क्रम रोकिएन, बरु उल्टै बढ्यो । जसका कारण फेरि सुरु कारोबार सुरु भएको २ मिनेटमै बजार परिसूचक ५ प्रतिशतले घटेपछि दोश्रो सर्किट लगाएर कारोबार ४० मिनेटका लागि स्थगित गनुपरेको हो ।  

अब ४० मिनेटपछि पुनः खुल्ने बजारको गिरावटको यात्रा निरन्तर रह्यो भने र नेप्से ६ प्रतिशतले घट्यो भने बिहीबार(आज)का लागि सम्पूर्ण कारोबार रोकिनेछ ।  

खासगरी जेनजी आन्दोनलनका कारण देशभर विध्वंश मच्चिँदा र ठूलादेखि साना लगानीकर्ताहरुको सम्पत्ति, व्यवसायमा आक्रमण हुँदा सेयर बजारका लगानीकर्तामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।  

नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरीद गर्न चाहने कोही छैनन्, सबै बिक्रीका लागि लाइन लागेर बसेका देखिएको छ ।  

देशमा मच्चिएको विध्वंशका कारण आर्थिक वृद्धिमै धक्का पुग्ने र जीडीपीको ग्रोथमै समेत समस्या हुने विश्लेषणहरु बाहिर आइरहँदा समग्र बजारलाई त्यसको लप्काले खाएको विश्लेषकहरु बताउँछन् ।  

उनीहरुका अनुसार देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिका कारण हच्किएका सेयर लगानीकर्ताको मनोबल नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.