बिहीबार, असार १८,२०८३ 10:26:26
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:26:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान वार्तामा प्रगति देखिएपछि कच्चा तेलको मूल्य आजपनि घट्यो, प्रतिब्यारेल कतिमा झर्यो ?

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान वार्तामा प्रगति देखिएपछि कच्चा तेलको मूल्य आजपनि घट्यो, प्रतिब्यारेल कतिमा झर्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। कतारले अमेरिका र इरानबीच अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको जनाएसँगै बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको छ, जसका कारण मूल्यमा गिरावट आएको हो।

यतिबेला ब्रेन्ट क्रुडको मूल्य १.२४ प्रतिशतले घट्दै प्रतिब्यारेल ७०.६८ डलरमा झरेको छ भने डब्लूटीआई क्रुडको मूल्य पनि १.३७ प्रतिशतले खस्किएर प्रतिब्यारेल ६७.६४ डलरमा सीमित बनेको छ ।    

New Office
CG Motors
Garima Development Bank

यसअघि पनि दुवै बेन्चमार्क लगातार घट्दै चार महिनायताकै न्यून स्तरमा पुगेका थिए।

अमेरिका र इरानका वार्ताकारहरूले कतारको दोहा शहरमा दुई दिनसम्म समुद्री व्यापार तथा इरानको रोकिएको वित्तीय सम्पत्ति खुलाउने विषयमा छलफल गरेका थिए। वार्ता मुख्य रूपमा रणनीतिक स्ट्रेट अफ होर्मुज मार्फत तेल ढुवानी सहज बनाउने विषयमा केन्द्रित थियो।

हाल केही मात्रामा तेल ट्यांकरहरूको आवागमन पुनः सुरु भए पनि हालैका सैन्य तनावका कारण स्थिति पूर्ण रूपमा स्थिर छैन। गत साता इरानले एक कार्गो जहाजमाथि आक्रमण गरेपछि दुबै पक्षबीच आक्रमण–प्रत्याक्रमण भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेल बजारमा आपूर्तिको सम्भावित वृद्धि पनि मूल्य गिरावटको अर्को प्रमुख कारण बनेको छ। रिपोर्ट अनुसार तेल निर्यातकर्ता राष्ट्रहरूको संगठन ओपेक प्लसले आगामी अगस्टदेखि उत्पादन लक्ष्य दैनिक करिब १ लाख ८८ हजार ब्यारेलले बढाउने तयारी गरिरहेको छ।

यसैबीच, अमेरिकामा कच्चा तेल भण्डार ३.८ मिलियन ब्यारेल घटेर ४०८.४ मिलियन ब्यारेलमा पुगेको छ, जुन सन् २०१८ यताकै न्यून स्तर हो। तर यो गिरावटले पनि बजारमा देखिएको समग्र आपूर्ति चिन्तालाई रोक्न सकेको छैन।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.