बिहीबार, असार १८,२०८३ 10:34:48
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:34:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै, ४ वटा विधेयक पारित गर्ने कार्यसूची

Laxmi Sunrise Bank Limited
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै, ४ वटा विधेयक पारित गर्ने कार्यसूची

काठमाण्डौ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा बैठकका लागि १३ वटा कार्यसूची तय गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने तयारी गरिएको छ।

यसैबीच दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि समूहगत छलफल हुने भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छलफलमा युवा तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षक समेटिने छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.