काठमाण्डौ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू(भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागका पनि केही स्थानमा, लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थान मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेश तराईको एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थान साथै कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाण्डौ उपत्यकामा बिहान आकाश बादलले ढाकिएको छ भने कतै–कतै सिमसिमे वर्षा भइरहेको छ। मौसमविद् अनुसार बिहानको वर्षा क्रमशः घट्ने र केही समय घाम पनि देखिन सक्ने भए पनि दिउँसोपछि पुनः बादल बढ्दै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी दिउँसो १२ बजेदेखि साँझतिर वर्षा बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज पश्चिमका पाँच जिल्लामा बाढीको जोखिम देखिएको जनाएको छ। जसअनुसार आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी–पश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाइएको छ ।

