काठमाण्डौ । सह–आयोजक राष्ट्र अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्निया–हर्जेगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा विवादास्पद मानिएको रातो कार्ड पाएपछि बालोगुन मैदानबाट बाहिरिनुपरेको थियो, जसका कारण अमेरिका लामो समय १० खेलाडीमा सीमित रह्यो।
संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकी टोलीले अनुशासित र सशक्त प्रदर्शन गर्दै खेलमाथिको नियन्त्रण कायम राख्यो। खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले उत्कृष्ट फ्रिकिकमार्फत दोस्रो गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे।
यस जितसँगै अमेरिका प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

