बिहीबार, असार १८,२०८३ 11:37:45
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:37:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

Laxmi Sunrise Bank Limited
तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित जलविद्युत आयोजनामा महत्वपूर्ण लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको असार १७ गते बसेको ६७औं बोर्ड बैठकले कम्पनीको प्रबन्धपत्रको दफा ५ (ङ र ब) तथा ८औं वार्षिक साधारण सभाबाट प्राप्त सहमति अनुसार लगानी गर्ने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

बैठकले कम्पनीको बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका अन्तर्गत निर्माणाधीन न्यादी–फिडी २१.४ मेगावाट जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको जनाएको छ।

उक्त आयोजना नर्थ समिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित रहेको छ, जसले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई विद्युत विकास विभागबाट सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरिसकेको छ। आयोजना निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको तथा सन् २०२७ नोभेम्बरसम्म व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डले आर्थिक तथा प्राविधिक दृष्टिकोणले आयोजना तुलनात्मक रूपमा राम्रो रहेको निष्कर्ष निकाल्दै प्रति रु. १०० अंकित मूल्यका १ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.