आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने
काठमाण्डौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । उक्त बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।