काठमाण्डौ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
यससँगै प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी समेत रहेको छ ।