मंगलवार, जेष्ठ ५,२०८३ 12:47:44
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:47:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान (ICANN) र युनेस्को (UNESCO) संगको सहकार्यमा शनिबार भएको कार्यक्रम इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने लक्ष्यसहित सञ्चालन गरिएको थियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (Universal Acceptance - UA) दिवसको अवसर पारी आयोजित कार्यक्रममा विशेषगरी नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।

उद्घाटन समारोहमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो ह्याकाथन कार्यक्रम केवल प्रतिस्पर्धा मात्र नभएर नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक कदम भएको बताइन् ।त्यस्तै, महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधिलाई भुइँतहका नागरिकसम्म पुर्‍याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ को भूमिका अपरिहार्य रहेको उल्लेख गरे । 

Bizshala
New Office
CG Motors

कार्यक्रममा सरकारी निकायको तर्फबाट प्रतिबद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताए । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले प्रविधिमा आफ्नै मातृभाषाको प्रयोगले मानिसहरूलाई सशक्त बनाउने र पहिचान जोगाउने धारणा राखे । 

आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले विश्वव्यापी इन्टरनेट इकोसिस्टममा ‘युनिभर्सल एक्सेप्टेन्स’ को रणनीतिक महत्त्वबारे प्रकाश पार्दै आफ्नै रैथाने लिपि वा भाषामा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको र यसो गरे मात्र डिजिटल खाडल पुर्न सक्ने बताए । 

कार्यक्रमको प्राविधिक विधा (Technical Track) तर्फ अत्यन्तै उत्साहजनक र कडा प्रतिस्पर्धाका बीच यस ह्याकाथनमा 'टिम एभरेष्ट' ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । टिमका सदस्यहरू निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले इन्टरनेटलाई आफ्नै मातृभाषा र लिपिमा पहुँचयोग्य बनाउनका लागि देवनागरी लिपिमा आधारित ईमेल ठेगाना सिर्जना गर्ने र प्रयोग गर्न सकिने अत्याधुनिक प्रणालीको विकास गरेका थिए । 

विजेता टोलीको यस परियोजनाले युनिभर्सल एक्सेप्टेन्स, ईमेल ठेगाना अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रियकृत डोमेन नेमको महत्वलाई प्रष्ट पारेको छ । यस नवप्रवर्तनले इन्टरनेट प्रयोगकर्ताहरूलाई केवल ल्याटिन (अंग्रेजी) क्यारेक्टरहरूमा मात्र सीमित नराखी नेपाली र देवनागरी जस्ता स्थानीय भाषाहरूलाई डिजिटल प्लेटफर्महरूले पूर्ण रूपमा बुझ्ने र स्वीकार गर्ने वातावरण निर्माण गर्न बलियो आधार खडा गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, कार्यक्रमको गैह्र-प्राविधिक विधा (Non-Technical Track) तर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम हुन सफल भएको छ । यस टोलीले नेपालमा युनिभर्सल एक्सेप्टेन्सको अवधारणालाई तल्लो तहसम्म पुर्‍याउन र कार्यान्वयन गराउनका लागि देशका विभिन्न क्षेत्र र सरोकारवालाहरूलाई समेट्ने गरी 'नीतिगत तथा चेतनामूलक योजना' (Policy and Awareness Plan) को उत्कृष्ट खाका विकास गरेको थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञहरूबीच विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र अवसरबारे मन्थन भएको थियो । हाल इन्टरनेटमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषाहरूमा सहजै ईमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने ‘यूए-रेडी’ डिजिटल प्लेटफर्महरूको विकासलाई मुख्य प्राथमिकता दिइएको छ ।

क्यान महासंघले यसअघि नै नेपालको पहिलो अन्तर्राष्ट्रियकृत डोमेन नेम (IDN) का रूपमा नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल https://क्यान.संगठन सञ्चालनमा ल्याइसकेको छ । हिजो सम्पन्न यस ह्याकाथनमार्फत सहभागी डेभलपर र विद्यार्थीहरूले सरकारी निकाय, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र समुदाय स्तरका विभिन्न सरोकारवालाहरूका लागि समेत उपयोगी हुने बहुभाषिक प्रविधि निर्माणका नवीन डिजिटल समाधानहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एप्निक (APNIC), वर्ल्डलिङ्क कम्युनिकेसन्स (Worldlink Communications), आईस्पान (ISPAN), होरियन (Horion), सनवे कलेज काठमाण्डौ (Sunway College Kathmandu), सफ्टवारिका कलेज (Softwarica College of IT & eCommerce) लगायतका संस्थाहरूको सहयोग रहेको थियो । 

भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट सञ्चालित यस कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधि प्रेमीहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । 

कार्यक्रमको व्यवस्थापकीय पक्ष, रणनीति र समग्र संयोजनबारे जानकारी दिँदै कार्यक्रम संयोजक उदिप बरालले यस किसिमको बहुभाषिक प्रविधि अभियानले नेपालको डिजिटल समावेशीकरणमा कोशेढुङ्गा थप्ने विश्वास व्यक्त गरे ।  

साथै, ह्याकाथनका प्राविधिक सत्रहरू, मेन्टरसिप र प्राविधिक पक्षको प्रभावकारी परिचालनको नेतृत्व टिम लिड विवेक सिल्वालले गरेका थिए भने सहभागीहरूलाई प्राविधिक मार्गदर्शन र प्रशिक्षण दिने कार्यमा प्राविधिक प्रशिक्षक राहुल शाक्यले मुख्य भूमिका निर्वाह गरेका थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.