कच्चा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । युक्रेनले रुसी उर्जा पूर्वाधारमा आक्रमण गरेसँगै आपूर्तिमा अवरोध आउने आँकलनसँगै लगानीकर्ताले प्रफिट बुक गर्दा तेलको मूल्य घटेको हो । आज डब्लूटीआई क्रुडको मूल्य ०.४३ प्रतिशत अर्थात ०.२८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६४.७१ डलरमा कारोबार भईरहेको छ ।